प्रदेश–१ मा राई र बागमतिमा पाण्डे मुख्यमन्त्री

काठमाण्डु टुडे २०७८ असोज २२ गते ६:५६ मा प्रकाशित

काठमाण्डु, २२ असोज–  नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा दुई प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको एक नेताले बताए ।

अब प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा पनि संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । हालका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित छ । दुवैै प्रदेशमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ ।

आचार्य र शाक्य करिब एक महिनाअघि मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले नियुक्त भएको एक महिनामा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us