काठमाण्डु, १२ असोज –कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् ।
महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ कीर्तिपुरको कोभिड आइशोलेशन सेन्टरबाट फरार भएको कीर्तिपुरका डिएसपि ठाकुर पोखरेलले बताए साथै उनले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन्। हामीले उनको खोजी गरिरहेका छौं।’