काठमाण्डु, २५ जेठ –अबरुद्ध संसद् आज सुचारु हुने भएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरुबीच हिजो बेलुका भएको छलफलले दिउसो संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहमतिलाई अन्तिम रुप दिँदै अवरुद्ध सदन सुचारु गर्ने निर्णय गरेको थियो ।
उच्चस्तरिय राजनीतिक समिति बनाउने, संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीका लागि संसदीय समिति बनाउने, रकमान्तरका बारेमा अर्थमन्त्रीले सदनमा जवाफ दिने, अनियमित तरिकाले वितरण गरिएको रकमको बारेमा छानविन समिति बनाउन सहमति नजिक नेताहरु पुगेका छन् ।