काठमाण्डु, २५ जेठ – एमाले नेतृ सहाना प्रधानको स्वास्थ्यमा गएरातिसम्म कुनै सुधार आएको छैन् । श्वसाप्रश्वासमा एक्कासि कठिनाइ देखापरेपछि परिवारले उनलाई बल्खुस्थित बयोधा अस्पतालमा शुक्रबार बिहान भर्ना गरेका थिए ।
अस्पतालले प्रधानलाई मस्तिष्कघात र निमोनियाको संक्रमण भएको जनाएको छ । भर्ना भएदेखि नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
शनिवार अक्सिजनको मात्रा केही घटाइएको चिकित्सकले बताएका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर श्यामबहादुर पाण्डेले नेतृ प्रधानको स्वास्थ्य अझै पनि उस्तै रहेको बताए ।
पाण्डेले भने ‘उनको स्वास्थ्य अवस्था गम्भिर छ । ’ फोक्सोमा इन्फेक्सन र मस्तिकष्कमा सेरिब्लड इन्फेक्सन भएको उनको भनाई छ ।