
काठमाण्डु, २४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह
राजनीतिक नेतृत्वलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।
राजधानीमा शनिबार भएको एक कार्यक्रममा उनले नेताहरुका अकुत सम्पत्तिबारे छानबिन भइरहेको बताए ।
जनस्तरबाट बारम्बार नेताहरुलाई कहिले समाउने भन्ने प्रश्न उठ्ने गरेको भन्दै कार्कीले प्रमाण भेटिए कसैलाई नछाड्ने स्पष्ट गरे ।
उनले नेताहरुले परिवार र नातेदारका नाममा सम्पत्ति नराख्ने गरेका कारण छानबिन जटिल भएको बताए ।
सूर्यनाथ उपाध्यायको कार्यकालमा केहीलाई मुद्धा लागेपछि नेताहरुले परिवार र नातेदारका नाममा
सम्पत्ति राख्न छाडेको उनको भनाइ थियो ।
अर्को एक फरक प्रसंगमा कार्कीले अख्तियारले सीमित साधन श्रोत र जनशक्ति अभावमा पनि प्रभावकारी काम गरिरहेको भन्दै सञ्चार जगतबाट भ्रष्टाचार नियन्त्रणमा सहयोग नपाएको गुनासो गरे ।