
काठमाण्डु, २४ जेठ– ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सात नेताले पार्टी छाडेका छन् ।
उनीहरु सीपी मैनालीको नेकपा मालेमा प्रवेश गर्ने भएका छन् ।
नेकपाले केही दिनअघि तीन नेतालाई कारबाही गरेको थियो । पार्टी छाड्नेमा पोलिटब्युरो सदस्य आङछिरिङ शेर्पा तथा केन्द्रीय सदस्यहरु कृष्ण राना, केदार गिरी, गुरु दाहाल, कृष्ण शर्मा, विष्ण्ुा अधिकारी र तिलक न्यौपाने लगायत छन् ।
उनीहरुलाई मैनालीले शनिबारै माले प्रवेश गराउने भएका छन् ।