वर्षकै ठूलो वर्षा

काठमाण्डु टुडे २०७८ भदौ १३ गते ७:३७ मा प्रकाशित

झापा, १३ भदौ– दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको      मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो ।

तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ ।

अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन  र धनुषाका  वर्षा मापन केन्द्र  रहेका छन् ।

उनले दिएको जानकारीअनुसार दुई दिनयता सबै भन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापन केन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us