महन्थ ठाकुरको नयाँ दल पनि सरकारमा जाने

काठमाण्डु टुडे २०७८ भदौ ५ गते ७:१६ मा प्रकाशित

काठमाण्डु, ५ भदौ–  निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् ।

आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘ यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us