भारत निकासी गर्न राखिएको गाँजा बरामद

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ८:५२ मा प्रकाशित

महोत्तरी, २३ जेठ – महोत्तरीको भटौलिया गाविसको अजमरपट्टीबाट बिहीबार प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक इकवाल हवाडीको नेतृत्वको टोलीले भटौलिया–९ स्थित अजमरपट्टी बस्ने विपत्ति मण्डलका घरमा छापा मारी छ पोकामा राखिएको ५५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले घरमा छापामारी गर्दा दुई किलोग्राम गाँजाको बीउसमेत प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीलाई देख्नेबित्तिकै घरधनी मण्डल सपरिवार घर छाडी भागेका थिए । बरामद गरिएको लागुऔषध गाँजा भारतमा तस्करी गर्नका लागि राखिएको र यसको मूल्य रु दुई लाख ७५ हजार रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us