एमाले विभाजन करिब निश्चित

काठमाण्डु टुडे २०७८ साउन १७ गते ७:२९ मा प्रकाशित

काठमाण्डु, १७ साउन– दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी  ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् ।

शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो ।

ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्रदर्शनमा लागेका छन् । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us