भद्रपुर, २१ जेठ – शुद्ध मह भनेर मिसावट भएको मह बेच्ने कार्यमा संलग्न शनिश्चरे–७ नयाँ बसपार्कबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी जिल्लाको भासी गाविस–५ बस्ने १८ वर्षीय पिन्टु धामी र सोही ठाउँका २३ वर्षीय राजेश यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।
आफूहरुले बढी आर्थिक मुनाफा गर्ने उद्देश्यले अन्य तरल पदार्थ मिसावट गरी शुद्ध मह भनेर बेच्ने गरेको उनीहरुले स्वीकार गरेकोले दुवै जनामाथि आवश्यक कारबाही थालिएको प्रहरी कार्यालयले जनाएको छ ।