
काठमाण्डु, २० जेठ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातजना डिआईजी बढुवामा भएको आर्थिक चलखेलको छानबिन हुनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा उनले यस्तो माग राखेका हुन् ।
मंगलबार प्रधानमन्त्री कोइरालासँग उनले वरीयता मिचेर एआइजीको बढुवा किन गरेको भन्ने प्रश्न गरेका थिए । उनले सोधे – वरीयता क्रममा २ नम्बरमा रहेका डिआइजीलाई पाखा लगाएर ११ नम्बरकोलाई सिफारिस गर्नुको कारण के हो
डिआइजी बढुवामा आर्थिक चलखेल भएको कुरा बाहिर आएपछि प्रचण्डले प्रधानमन्त्रीसँग यस्तो माग गरेका हुन् ।
स्रोतका अनुसार उनले गृहमन्त्री र गृहअधिकारीहरुमाथि छानबिन हुनुपर्ने आशय व्यक्त गरेका छन् ।