
दार्चुला, १९ जेठ– जिल्लाको शान्ति सुरक्षा एवम् चोरी तस्करी नियन्त्रणका लागि दार्चुलाका सीमा नाकामा प्रहरीले चेक जाँच कडा पारेको छ ।
पछिल्लो समय जिल्लामा बढेको धनमाल चोरी तथा वन्यजन्तुका अखेटोपहार चोरी निकासीका घटना नियन्त्रणका तथा भारतीय बजारबाट अवैधरूपमा हाँस तथा कुखुराका अण्डालगायतका वस्तु नेपाल भित्रिन थालेपछि भारतसँग जोडिएका चारवटै सीमा नाकामा नियमित जाँच कडा पारिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।
सदरमुकाम खलंगामा रातिको समयमा हुने चोरी तथा आपराधिक घटना रोक्न थप प्रहरी गस्ती टोली खटाएको समेत उनले बताए ।
यसैबीच, यार्सा सङ्कलकको सुरक्षाका लागि खण्डेश्वरी र राप्लालगायत ठाउँका प्रहरी युनिटबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।