२६ सांसदलाई एकैपटक कोरोना संक्रमण

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते २०:०८ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– संघीय संसदका २७ सांसदलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

संक्रमितमध्ये १८ प्रतिनिधिसभाका र एक राष्ट्रियसभाका सांसद हुन् । २७ वैशाखमा बोलाइएको संसदको विशेष अधिवेशनअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

यसअघि नै कोरोना संक्रमण भएका ८ सांसद आइसोलेसनमा छन् । संक्रमित कूल सांसद संख्या २७ पुगेको छ ।

२२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनका क्रममा २६ सांसदलाई संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

सांसद, संसदका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, पदाधिकारी तथा नेताहरुका स्वकीय सचिव, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी र संसदीय रिपोर्टिङमा खटिने पत्रकार गरी १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यी हुन् संक्रमित सांसद

झलनाथ खनाल

मुकुन्द न्यौपाने
मायाँ न्यौपाने
पार्वती डिसी चौधरी
राजेन्द्र गौतम
नन्दलाल रोका क्षेत्री
लालबाबु पण्डित
लक्ष्मणलाल कर्ण
नरमायाँ ढकाल
रामबाबु यादव
गोपालबहादुर बम
नमिताकुमारी चौधरी
शान्तिमायाँ तामाङ
बिनाकुमारी श्रेष्ठ
रेनुका गुरुङ
जुलीकुमारी महतो
रघुबीर महासेठ
किसान श्रेष्ठ
सुरेशकुमार राई
पुष्पाकुमारी कर्ण
भानुभक्त ढकाल
बिना मगर
भरतकुमार शाह
प्रमोद शाह
दिपकप्रकाश भट्ट
महेश बस्नेत

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us