काठमाण्डु, २१ वैशाख– प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन् ।
नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएका हुन् । काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्रीको कदमलाई सचेततापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको भन्दै माओवादी नेता श्रेष्ठ भने, ‘प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक छ ।’