प्रधानमन्त्रीसँग भेट्न समय मागेको छुः सभामुख सापकोटा

काठमाण्डु टुडे २०७७ चैत ९ गते १६:२७ मा प्रकाशित

काठमाण्डु, ९ चैत– सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले ब्युँतिएपछि पनि प्रतिनिधि सभा सहज रुपमा सञ्चालन हुन सकेको छैन।

सरकारले बिजनेश नदिएका कारण सभा सञ्चालनमा सहजता नआएको बखतमो सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि समय मागेका छन् ।

सोमबार सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै उनले प्रधानमन्त्रीको तर्फबाट खबर नपाएको बताएका छन् । प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले सभामुखविरुद्ध आरोप लगाउँदै भाषण गर्ने गरेका थिए।

उनले सभामुखलाई राष्ट्रियसभा तथा विभिन्न स्थानमा आयोजित सभाहरुबाट किर्ते सभामुख भन्दै आरोप लगाउने गरेका थिए। सापकोटा सभामुख भएदेखि नै प्रधानमन्त्रीसँग सहज सम्बन्ध देखिएको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us