देशका केही स्थानमा वर्षाको सम्भावनाः मौसम पूर्वानुमान

काठमाण्डु टुडे २०७७ चैत ९ गते १०:२४ मा प्रकाशित

काठमाण्डु, ९ चैत– मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । यस्तै महाशाखाले हाल देशका पहाडी भुभागमा आंशिक बदली रही अन्य स्थानमा सामान्यतया सफा रहेको यसैगरी, दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यता, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us