मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०७७ चैत ४ गते १०:०४ मा प्रकाशित

काठमाण्डु, ४ चैत– काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा५ख १८२ नम्बरको मिनी ट्रकले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते चाँगुनारायणका २७ वर्षीय सुरज कुईंकेलको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारका क्रममा मंगलबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले ठक्कर दिने मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us