
काठमाण्डु, १ चैत– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय पेरिसडाडाँमा सुरु भएको छ ।
सर्वाेच्च अदालतको माओवादी केन्द्र ब्युँताउने फैसला सुनएपछि यो पहिलोपटक बैठक बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे छलफल हुँदैछ । तीन वर्षपछि माओवादी अलग भएकाले पार्टीको संगठन पुनर्संरचनाबारे पनि छलफल हुने बताइएको छ ।
अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदैछन् ।