
काठमाण्डु, २८ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमणमा जाने भएकी छन् ।
भण्डारी चैतको दोस्रो साता बंगलादेशको भ्रमणमा जान लागेकी हुन् । बंगलादेशका राष्ट्रपतिन्यूको नियन्त्रणमा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । भ्रमणको मिति दुबै पक्षले तय गर्दैछन् ।
भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ । बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ। सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन्।
राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण गत वर्ष कोरोनाभाइरसको महामारीले लकडाउन भएपछि नेपालबाट हुने पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हुनेछ।