प्रचण्ड र नेपालले भेटे सभामुख, प्रचण्डलाई दल नेताको मान्यता !

काठमाण्डु टुडे २०७७ फागुन २३ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, २३ फागुन–नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटालाई भेटेका छन् ।

पुर्नस्थापित संसद बैठकको पूर्वसन्ध्यामा उनीहरुले सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर सभामुखलाई उनकै कार्यकक्षमा भेटेका हुन् । श्रोतका अनुसार भेटमा प्रचण्ड र नेपालले नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्ड चयन भएको जानकारी गराउँदै बहुमतले गरेको उक्त निर्णयलाई आधिकारिकता दिन आग्रह गरेका थिए ।

यस्तै उनीहरुले नेकपा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ नै रहेको भन्दै अन्यथा नगर्न सभामुखको ध्यानाकर्षण गराएको श्रोतले जनाएको छ । जवाफमा सभामुखले आफूले कानूनी व्यवस्थाका आधारमा बहुमतको निर्णय कार्यान्वयनमा सहजीकरण गर्ने बताएका थिए ।

प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा विभाजित भएको छ । तर, कानूनी आधारमा अझै नेकपा एक रहेकाले संसद बैठकलाई चासोका साथ हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us