कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रेसर हाई, अस्पताल भर्ना

काठमाण्डु टुडे २०७७ फागुन २२ गते २३:२१ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्वस्थ भएका छन् ।

उच्च रक्तचाप (प्रेसर हाइ) को समस्याका कारण शाही शुक्रबार अस्पताल भर्ना भएका हुन् । शाहीको राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार शाहीको रक्तचाप नियन्त्रण उन्मुख भएको छ । सम्भवतः मुख्यमन्त्री शाही आइतबारसम्म डिस्चार्ज हुने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us