ओली र विप्लवबीच नाटकीय सहमति, विप्लव सरकारमा सहभागी हुने

काठमाण्डु टुडे २०७७ फागुन २० गते १०:५७ मा प्रकाशित

काठमाण्डु, २० फागुन– सरकार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच ‘नाटकीय रुपमा’ सहमति भएको छ ।

दुई पक्षबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । दुई पक्षबीच बुधबार मात्र दुई चरणका वार्ता भएका थिए । सरकारले सम्भवतः आजै विप्लव समूहमाथिकोृ प्रतिबन्ध हटाउने निर्णय गर्दैछ । यस्तै विप्लव समूहले हिंसात्मक राजनीतिक छाडेर शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिमा समाहित हुने प्रतिबद्धता जनाएकोछ ।

बुधबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने रहेको वार्ता टोली गठन गरेको थियो । दुवै पक्षका वार्ता टोलीबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा वार्ता भएको थियो ।

सहमतिअनुसार विप्लव समूहका थुनामा रहेका सबै कार्यकर्तालाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्नेछ । प्रतिबन्धित भएको दुई वर्षका अवधिमा विप्लवका १ सय २६ कार्यकर्ता देशभरका कारागारमा छन् । श्रोतका अनुसार विप्लव समूह सरकारका समेत सहभागी हुन तयार भएको छ । प्रधानमन्त्री ओलीले एक महत्वपूर्णसहित तीन मन्त्रालय दिने प्रतिबद्धता जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us