विप्लवसँग कुरा मिल्यो, केही विषय टुँगिन बाँकीः गृहमन्त्री

काठमाण्डु टुडे २०७७ फागुन १९ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको बताएका छन् ।

सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको र छिट्टै सुखद परिणाम आउने दाबी गरेका हुन् ।

वार्ता सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी थापाको छ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता सम्पन्न भएको थियो ।

करिब दुई घण्टासम्म चलेको वार्तामा सरकारी वार्ता टोलीका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य दीपक चलाउने सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us