‘संकटकाल लगाउन देव गुरुङलाई प्रमुख सचेतकबाट हटाइयो’

काठमाण्डु टुडे २०७७ फागुन १७ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरेपछि अत्तालिएका प्रधानमन्त्री केपी ओलीले मुलुकमा संकटकाल लगाउने तयारी गरिरहेको आरोप लगाएका छन् ।

नेता नेपालले संकटकाल लगाउने तयारी स्वरुप देव गुरुङलाई नेकपा संसदीय दलको प्रमुख सचेतकबाट हटाइएको दाबी गरे । तर, अल्पमतका ओलीले हटाए पनि देव दुरुङ प्रमुख सचेतका कायमै रहेको उनको भनाइ थियो ।

‘ओलीले अदालतबाट हारेपछि संकटकाल लगाउने हल्ला चलाएका छन्, त्यसैका लागि देव गुरुङलाई प्रमुख सचेतकबकाट हटाइएको छ’, पार्टी सम्वद्ध पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनको एकता भेलालाई सोमबार राजधानीमा सम्बोधन गर्दै नेपालले तर, ‘देव गुरुङ प्रमुख सचेतकबाट हट्नुहुन्न, उहाँलाई ओलीले हटाउन सक्दैनन् ।’ नेपालले ओलीमा हिटलरमा जस्तै अहंकारी र अरुलाई अपमान गर्ने प्रवृत्ति रहेको आरोप लगाए ।

ओलीलाई सुधार्न धेरै कोसिस गरेको तर, बालुवा पेलेर तेल निकाल्नु र ओली सुध्रनु एउटै भएको उनको टिप्पणी थियो । नेपालले भ्रमबस ओली समूहमा लागेका नेता कार्यकर्तालाई नेकपाको मुलधारमा फर्कन अपिल गरे । समय छँदै फर्किएर आफ्नो राजनीतिक भविष्य जोगाउन उनको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us