केपी ओली भेट्न बालुवाटार पुगे वामदेव

काठमाण्डु टुडे २०७७ फागुन १४ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, १४ फागुन– नेकपा उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी ओली भेट्न बालुवाटार पुगेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको चार दिनपछि गौतम शुक्रबार ओली भेट्न बालुवाटार पुगेका हुन् ।  उनले यसअघि बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेका थिए । त्यस क्रममा गौतमले ओलीलाई प्रधानमन्त्रीबाट सम्मानजनक रुपमा बिदाई गरी नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव दिएका थिए । सर्वोच्चको फैसलालाई पार्टी एकता जोगाउने अवसरका रुपमा उपयोग गर्नुपर्ने उनको सुझाव थियो ।

प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनमा तटस्थ बसेका गौतमले पार्टी एकताका लागि दबाब दिन भन्दै राष्ट्रिय एकता अभियान घोषणा गरेका छन् । अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि विज्ञप्ति जारी गर्दै गौतमले ओलीलाई नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us