प्रचण्ड र ओलीसँग नेकपा सचिवालय बैठक बोलाउन माग

काठमाण्डु टुडे २०७७ फागुन १२ गते ११:०८ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, १२ फागुन– नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।

गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दैै सर्वोच्च अदालतको फैसला स्वीकार गर्दैै ढिला नगरी राजीनामा दिन आग्रह गरेका हुन् । यस्तै उनले राष्ट्रपति विदादेवी भण्डारीलाई संसद बैठक आह्वान गर्न पनि आग्रह गरे । गौतमले अध्यक्ष ओली र पुष्ककमल दाहाल प्रचण्डसँग नेकपा सचिवालय बैठक बोलाउन सुझाव दिएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी –नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु’, विज्ञप्थितमा गौतमले भनेका छन् ।

गौतमले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला एतिहासिक भएको बताएका छन् । संसद विघटन बदर भएको दिनलाई गौतमले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनका संज्ञा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us