७० वर्षका भए प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०७७ फागुन ११ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओली ७० वर्ष प्रवेश गरेका छन् ।

ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक सदस्य र निकटस्थहरुसँग आफ्नो ७० औं जन्मदिन मनाए । ओलीका बाबु मोहनप्रसाद छोराको जन्मदिन मनाउन झापाबाट काठमाण्डु आएका छन् ।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको आठराइमा जन्मिएका थिए । अघिल्लो वर्ष ओलीले जन्मथलो आठराइमा जन्मदिवस मनाएका थिए ।

काठमाण्डुबाट नेपालको नक्सा अंकित केक हेलिकोप्टरमा आठराई लगेर जन्मदिन मनाएका ओलीको सो प्रकरणमा चर्को आलोचना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us