
गोरखा, १० फागुन– उत्तरी गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक टोलमा एकै परिवारका तीन जना मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय ४८ वर्षका टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइत कुमारी र १३ वर्षीया नातिनी उषा छन् ।
सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले ढोका खोलेर हेर्दा तीन जना मृत भेटिएका थिए । मृतक सबैको मुखबाट फिँज निस्किएको बताइएको छ ।