कालिञ्चोकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

काठमाण्डु टुडे २०७७ फागुन ८ गते १२:४१ मा प्रकाशित

दोलखा,, ८ फागुन– दोलखाको कालिञ्चोक गाउँपालिका–६ का एक व्यक्तिले पारिवारिक विवादमा श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय २७ वर्षीय हिमाल थामीले २३ वर्षीया सुनिता थामीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । गएराति २ बजेको समयमा थामीले श्रीमतीको हत्या गरेर फरार भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

रिजालका अनुसार श्रीमती हत्या गरी भागेका थामीलाई लुकीछिपी बसेको अवस्थामा कालिञ्चोक–७ बाट पक्राउ गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us