
काठमाण्डु, ६ फागुन– संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा बहसमा भाग लिएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् ।
बिहीबार इजलासमा शाक्यले संसदीय प्रक्रिया अवरुद्ध पारेर गरिएको विघटन सदर हुन नहुने उल्लेख गरे । अर्को प्रधानमन्त्री चयन गर्ने बाटो बन्द गरेर संसद विघटन गर्न नपाइने उनको भनाइ थियो । शाक्यले पार्टी विवादको बहानामा संसद विघटन नपाइने स्पष्ट गरे । पार्टी विवादको समाधान संसदीय दलबाट खोज्नुपर्नेमा उनको जोड छ ।
कामचलाउ प्रधानमन्त्रीलाई मात्र संसद् विघटनको अधिकार हुने भन्दै शाक्यले प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा निर्वाचन गर्न नपाउने तर्क शाक्यले गरे ।