
काठमाण्डु, ४ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच झडप भएको छ ।
राजधानीको प्रदर्शनीमार्गस्थित रात्न राज्य (आरआर) क्याम्पसमा प्रचण्ड–नेपाल र केपी ओली पक्षधर विद्यार्थीबीच मंगलबार झडप भएको हो ।
सरस्वती पुजाको विषयमा सुरु भएको विवादले झडपको रुप लिएको थियो । झडपका क्रममा ओली पक्षधर विद्यार्थीको आक्रमणमा प्रचण्ड–नेपाल पक्षका दीपक बस्नेत घाइते भएका छन् । बस्नेतको दाँत भाँचिएको छ ।
यसैबीच स्ववियू सभापति टपेन्द्र शाहीले कुटपिटमा संलग्नमाथि कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।