
बुटवल, १ फागुन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले रुकुम र रोल्पामा समेत आफ्नो समूहले निर्वाचन जित्ने दाबी गरेका छन् ।
रोल्पा र रुकुममा केपी ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहन्छु’, ओली समूहले बुटवलमा शनिबार गरेको सभामा पोखरेलले भने । उनले प्रचण्ड–माधव नेपाल समूहले रोल्पा÷रुकुममा चुनाव जितेर कम्युनिष्ट आन्दोलन र जनताको हित नहुने पुष्टि भइसकेको उनको भनाइ थियो ।
जनयुद्धको उदगम थलोका रुपमा रोल्पा÷रुकुममा प्रचण्डले जे भन्यो त्यही नहुने दाबी गरे । एमाले विभाजनको लाभ लिन खोज्दा प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले साथ छाडेको र केपी ओलीको नेतृत्वमा देश बनाउने अभियानमा लागेको दाबी गरे ।
माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा प्रहार गर्न खोज्दा प्रचण्ड आफैं भूइँमा पछारिएको पोखरेलको भनाइ थियो ।