प्रधानमन्त्री ओली शक्ति प्रदर्शनको नेतृत्व गर्न बुटवल जाँदै

काठमाण्डु टुडे २०७७ फागुन १ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, १ फागुन– नेकपा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

२३ माघमा काठमाण्डुमा शक्ति प्रदर्शन गरेको ओली समूहले दोश्रोपटक बुटवलमा लुम्बिनी प्रदेश स्तरीय शक्ति प्रदर्शन र सभाको आयोजना गरेको हो । बुटवल–७ स्थित सिद्धेश्वर मावि प्राङ्गणमा हुने सभालाई प्रधानमन्त्रीसमेत रहेका ओली समूहका अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली समूहका नेता शंकर पोखरेलले दुई लाख मानिस सडकमा उतारेर शक्ति प्रदर्शन गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us