निर्वाचन हुने सम्भावना टर्दै

काठमाण्डु टुडे २०७७ माघ २२ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, २२ माघ– नेकपाको आधिकारिकताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ । वैशाख १७ गते आउन ८५ दिन बाँकी रहेको छ ।

यति बेलासम्म निर्वाचनमा सहभागी हुने दलहरुलाई दल दर्ताका लागि आह्वान गरिसक्नुपर्ने थियो ।  विगतमा २०६४ चैतमा संविधानसभाको पहिलो निर्वाचन हुँदा जेठ असारतिरै दल दर्ता आह्वान गरिएको थियो । २०७० मा मंसिरमा भएको निर्वाचनका लागि बैशाखमै निर्वाचनमा भाग लिने राजनीतिक दलहरुका लािग सूचना निकालेको थियो ।

निर्वानको तयारीतर्फ पूरै ध्यान केन्द्रीत गर्नुपर्ने बेला आयोग नेकपाको आधिकारिकताको विवाद टुंगो लगाउनुपर्ने अवस्थाले गर्दा तोकिएको मितिमा निर्वाचन हुनेमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले प्रश्न तेर्स्याएका छन् । नेपाल समाचार पत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us