
काठमाण्डु, २१ माघ– उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।
सिफारिसविरुद्ध दायर रिट सर्वोच्चमा विचाराधीन हरेकाबेला राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ११ आयोगका ३२ पदाधिकारीलाई बुधबार बिहान सपथ खुवाएकी हुन् ।
सभामुख सापकोटाले १८ माघमा संसद नभएका बेला संसदीय सुनुवाई हुन नसक्ने भन्दै सिफारिस संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।