बिहीबारदेखि तीन दिनसम्म लगातार वर्षात, हिमपात पनि हुने

काठमाण्डु टुडे २०७७ माघ २० गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २० माघ– नेपालमा आगामी बिहीबारदेखि तीन दिनसम्म लगातार वर्षात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षातका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म तीन दिन लगातार वर्षात र हिमपात हुने विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए ।

शाक्यले वर्षात रोकिएलगगत्तै तापक्रममा क्रमशः वृद्धि हुँदै गर्मी मौसम सुरु हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us