सुरक्षा निकाय र कर्मचारीलाई पुनको चेतावनीः ओली गुटले जे भन्यो त्यही गर्दा पछि फस्नुहोला

काठमाण्डु टुडे २०७७ माघ ४ गते १९:५८ मा प्रकाशित

बर्दिया, ४ माघ– नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफैं निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे । संविधानमै प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने स्पष्ट उल्लेख भएको चर्चा गर्दै उहाँले ओलीले पूर्ण अधिकार छ भन्ने अनैतिक र गैरसंवैधानिक भएको टिप्पणी गरे । ‘कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो’, पुनले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन, केपी ओली अवैधानिक प्रधानमन्त्री हो ।’

पुनले कामचलाउ सरकारले संविधान र कानूनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे । एउटा गुट र व्यक्तिका लागि जे–जे भन्यो त्यही गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । ‘सुरक्षा निकाय र प्रशासनका कर्मचारीलाई कामचलाउन सरकारले दिउका निर्देशन संविधानसम्म छ कि छैन ? कानूनसम्मत छ कि छैन ? जनअभिमतअनुसार छ कि छैन ? भन्ने विचार गरेर मात्र गर्न म अनुरोध गर्छु’, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका अगुवा कार्यकर्ता भेला ताथ प्रशिक्षणलाई आइतबार बर्दियामा सम्बोधन गर्र्दै पुनले भने, ‘एउटा गुटकबा लागि, एउटा व्यक्तिका mलागि भोलि पछुताउनुपर्ने अवस्था नआओस् । म अहिले नै सचेत गराउन चाहन्छु, सुझाव दिन चाहन्छु ।’

यस्तै उनले संसद विघटनपछि गरिएका सबै काम असंवैधानिक हुने भन्दै संसद पुनस्र्थापनापछि ती सबै सच्याइने बताए । प्रतिनिधिसभा विघटनपछि गरिएका सबै नियुक्ति, सरुवा र महत्वपूर्ण निर्णय पुनस्र्थापनापछि तत्काल सच्याइनेछ । त्यसैले खबरदार त्यसप्रकारका गैरकानूनी कामहरु नहोऊन’, पुनले भने ।

यस्तै आइतबारै बाँकेमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी ओलीले संविधान मिच्नुका साथै जनताको अभिमतमाथि कुठाराघात गरेको टिप्पणी गरे । असंवैधानिक रुपमा संसद विघटन गर्ने ओलीको कदमले लोकतन्त्रमाथि चुनौती खडा भएको तथा मुलुकलाई प्रतिगमनतिर धकेलएिकाले आफूहरु बाध्य भएर संघर्षमा उत्रिएको पुनको भनाइ थियो ।

तत्कालीन एमाले र माओवादी एककता गर्दा गरिएका समाजवाद, राष्ट्रिय पुँजी निर्माण, देश विकास र जनताको जीवनस्तर उकास्ने अभियानबाट केपी ओली भागेको आरोप उनले लगाए । ‘नेपाललाई समाजवादको दिशामा लैजाने र जनताको जीवनस्तर उकास्ने अभियानबाट केपी ओली र ओली गुट भागेको छ’, पुनले भने, ‘इतिहासमा ओली समूह कम्युनिष्ट आन्दोलन, विचार, विधि र निष्ठाबाट भागेको प्रवृत्तिका रुपमा दर्ज हुनेछ ।’

पार्टीको विशाल पंक्ति प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपामा रहेको भन्दै उहाँले कार्यकर्ताले असंवैधानिक कदमलाई साथ नदिएपछि पदको आश्वासन बाँड्न थालिएको बताए । ‘कफी सपमा दूध चिया, कालो चिया, कालो कफी र दूध कफीको मेन्यू बाँडेजस्तै ओलीले भेराइटी–भेराइटीका पदको मेन्यू बाँड्दै हिंड्नुभएको छ’, पनले भने ‘ कसैलाई मन्त्री, कसैलाई प्रतिनिधिसभाको सांसदको टिकट, प्रदेशसभाको टिकट, महानगर÷नगरपालिकाको मेयर, गाउँपालिकाको अध्यक्ष र राजनीतिक नियुक्तिको प्रलोभन बाँडेर आफूतिर तान्ने प्रयास गरिरहनुभएको छ ।’ तर, त्यसका बाबजुद पद प्रतिष्ठा बाँड्न सक्ने अवस्थामा नरहेका प्रचण्ड–नेपालको पक्षमा पार्टीको विशाल पंक्ति उभिएकाले अन्ततः निष्ठा, विचार र सिद्धान्त केन्द्रित राजनीतिको जित हुने निश्चित रहेको भनाइ उनको छ ।

ओलीले गल्ती स्वीकार गरेर प्रतिनिधिसभा ब्युँताउने निर्णय गरे फेरि पार्टीमा फर्काउन सकिने उहाँले स्पष्ट गरे । ‘अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो हिंडेकामा पश्चात्ताप गर्दै संसद पुर्नस्थापना गरेर आउनुहुहन्छ भने हामी एकताको हात अघि बढाउन तयार छौं’, पुनले भने ‘तर, केपी ओलीले त्यसो नगर्नुहोला । ओली घमण्ड र अहंकारमा डुब्नुभएको छ । राष्ट्रिय÷अन्तराष्ट्रिय शक्तिले उहाँलाई उचालेका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us