कपिलवस्तुमा ट्रकको ठक्करबाट एकको मृत्यु

रासस २०७७ माघ २ गते १०:२४ मा प्रकाशित

कपिलवस्तु, २ माघ–कपिलवस्तुको शिवराज नगरपालिका-१ चैनपुरमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले बिहीबार राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज-१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत उनले आग्रह गरे ।

उनले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us