
उदयपुर, ९ जेठ – एक विद्यालय र स्थानीयबीच भएको जग्गा विबादमा अज्ञात समूहले स्थानीयको घरमा गएराति तोडफोड गरेको छन् ।
त्रियुगा नगरपालिका – ४ असारीस्थित जनता निमावि असारीको जग्गा कब्जा गरेर बनाएको भन्दै स्थानीय भवानीप्रसाद चौधरीको घरमा तोडफोड हुँदा बृद्धासहित दुई महिला घाईते भएका छन् ।
चौधरीको घर तोडफोड गर्न गएको समूहले विद्यालयका भ्mयाल, ढोका पनि फुटाएका छन ।
राति घरमा सबै सुतिसकेका बेला भएको तोडफोडबाट चौधरीकी आमा ७५ वर्षीया पार्वतीदेवी र श्रीमति ३५ वर्षिया लल्कीदेवी गम्भीर घाईते भएका छन् ।
उनीहरु दुवैको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । विद्यालयको झ्याल चौधरीपक्षबाट तोडफोड भएको भन्दै भेला भएका स्थानीय र अभिभावकले चौधरीको घर वरपर लगाइएको लगभग तीनसय मिटर कम्पाण्ड वाल तथा नजिकै बनेको दुईओटा टहरा पनि भत्काइदिएका छन् ।
आज विहान भेला भएका अभिभावकले विद्यालय व्यवस्थापन समितिको प्रत्यक्ष निर्देशनमा कम्पाउण्ड वाल, दुईओटा टहरा भत्काईदिएको चौधरीले बताए । तोडफोडबाट १५ लाखबढीको क्षती भएको आरोप उनको छ ।
जिल्ला प्रहरी उपरीक्षक अजय भट्टराईले दुईपक्षबीच झडप हुने सम्भावना भएपछि प्रहरी टोली परिचालन गरेको बताएका छन् ।
०६८ सालमा नगरपालिकास्तरीय निर्णय गरेर सो विद्यालयलाई दिइएको जग्गामा स्थानीय भवानी चौधरीले आप्mनो दावी गरेपछि चौधरी र विद्यालय विच जग्गा विवाद सुरु भएको थियो ।