मदिराबाट रु एक अर्बभन्दा बढी राजस्व सङ्कलन

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ११:४३ मा प्रकाशित

विराटनगर, ६ जेठ – आन्तरिक राजस्व कार्यालय विराटनगरले मोरङमा सञ्चालित तीनवटा मदिरा उद्योगबाट विगत नौ महिनामा रु एक अर्ब एक करोड ८० लाख राजस्व सङ्कलन गरेको छ ।

alchohalकार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ को चैत महिनासम्ममा युनाइटेड स्पिड नेपाल प्रालि, चण्डिका डिस्टिलरी र गोल्डेन ग्लोब डिस्टिलरी उद्योगबाट सो राजस्व प्राप्त भएको हो ।

ती उद्योगअन्तर्गत युनाइटेड स्पिड नेपाल प्रालिले रु ८२ करोड, चण्डिका डिस्टिलरी दर्वेशा मोरङले रु १२ करोड ८० लाख र गोल्डेन ग्लोब लिकर्श उद्योगले रु ७८ करोड राजस्व बुझाएको आन्तरिक राजस्व कार्यालयका प्रमुख गोपाल कोइरालाले जानकारी दिए ।

यता, समयमा राजस्व कार्यालयले मदिराको बोतलमा प्रयोग गर्ने स्टिकर उपलब्ध नगराँदा मदिरा बिक्रीमा समस्या आउने गरेको सम्बन्धित उद्योगीको गुनासो रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us