
विराटनगर, ४ जेठ – उद्योग र व्यापारिक क्षेत्रलाई आवश्यक पुँजी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘क’ श्रेणीको ग्रान्ड बैंकले आफ्नो शाखा विराटनगरमा स्थापना गरेको छ ।
बैंकमा अध्यक्ष स्वरुप गुरुङ कोनेले विराटनगर–३ शनिहाट छेउमा बैंकको २३औँ शाखाको आज उद्घाटन गर्दै यस क्षेत्रको उद्योग एवम् व्यापारलाई विस्तार गर्न आवश्यक पुँजी प्रदान गरी उत्पादन वृद्धिका साथै रोजगारी सिर्जना गर्न बैंक सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।
उनले बैंकहरुको मर्जरले बैंकको वित्तीय क्षेत्र दह्रो हुने बताउँदै यसबाट बैंकहरुको स्थायित्वसमेत प्रदान गर्ने धारणा व्यक्त गरे ।
।
बैंकको यस आर्थिक वर्षको चैत मसान्तसम्ममा रु १९ अर्ब निक्षेप सङ्कलन, रु १५ अर्ब ५० करोड लगानी र रु १४ करोड आर्जन गर्न सफलता हासिल गरेको सोही अवसरमा बताइयो ।
सर्वसाधारणलाई बैंकिङ कर्जामा पहुँच पु¥याउन एवम् छिटोछरितो बैंकिङ सेवा प्रदान गर्न आधुनिक व्यवस्थापनको प्रयोग गर्ने बताइएको छ ।
बैंकले उद्योग, व्यापारिक, जलविद्युत्, कृषिजन्य ऊर्जा, घरायसी, घर निर्माण, खुद्रा तथा थोक व्यापारीलाई वित्तीय सेवा पु¥याउने छ ।
विराटनगर शाखामा अटोमेटिक मेसिन टेलर (एटिएम) को पनि व्यवस्था रहेको छ ।