‘माथिको आदेश’ भन्दै प्रधानमन्त्री निवासमा पत्रकार प्रवेशमा रोक

काठमाण्डु टुडे २०७७ वैशाख १७ गते २२:१४ मा प्रकाशित


काठमाण्डु, १७ वैशाख– सत्तारुढ नेकपा सचिवालय बैठकको समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई प्रधानमन्त्री निवास बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।

यसअघि पनि बेलाबेला राष्ट्रपति र प्रधानमन्त्री निवास तथा कार्यालयमा पत्रकारलाई प्रवेश नदिने गरिएको छ । पत्रकारले गेटमा क्यामेरा तेस्र्याएर विरोधसमेत गर्दै आएका घटना धेरै छन् ।

चर्को विवादमा फसेको नेकपा बैठकको समाचार संकलनका लागि गएका पत्रकारलाई गेटमै रोकिनुको कारणबारे सुरक्षाकर्मीले कोरोना संक्रमण बताए ।

कोरोना संक्रमणको खतरा रहेकाले ‘माथिको आदेशमा’ रोकिएको जवाफ प्रधानमन्त्री निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us