काठमाण्डु, ११ चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणका कारण घरभित्रै बसिरहेका जनताको सुविधाका लागि टेलिफोन, एसएमएस र डाटा चलाउँदा लाग्ने शुल्क घटाउन टेलिकम प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको मंगलबारको बैठकले उपभोक्ताले रिचार्ज गरेको रकम बराबर बोनस उपलब्ध गराउन निर्देशन दिएसँगै टेलिफोन आधा सस्तो हुने भएको हो । प्राधिकरणले मोबाइलमा कुरा गर्दागर्दै पैसा सकिए २ सय रुपैयाँसम्म क्रेडिट दिन पनि टेलिकम कम्पनीहरुलाई निर्देशन दिएको छ ।
त्यस्तो सेवा प्रवाह गर्दा अतिरिक्त शुल्क नलिन भनिएको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता
मिनप्रसाद अर्यालले उक्त निर्देशन भोलि (बुधबार) देखि एक महिनासम्म लागू हुने बताए ।