अमेरिकी डलरको भाउ उच्च

काठमाण्डु टुडे २०७६ चैत ९ गते १०:३२ मा प्रकाशित

काठमाण्डु , ९ चैत – आज सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ ।
यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ ०७ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा तोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us