नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ चैत ४ गते १६:१८ मा प्रकाशित

काठमाण्डु , ४ चैत — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो दिन आज मंगलवार पनि घटेको छ । हिजो सोमवार झिनो अंकले बढेको नेप्से मंगलवार फेरि घटेको हो ।
आज नेप्से ४४.३३ अंकले घटेर १ हजार २ सय ७२ दशमलव ६ विन्दुमा थामिएको छ भने १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ को शेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us