आकासियो अमेरिकी डलरको भाउ

काठमाण्डु टुडे २०७६ फागुन २१ गते ११:०५ मा प्रकाशित

काठमाण्डु ,२१ फागुन – आज नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १ सय १७ रुपैयाँ ५८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २९ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १ सय ५० पैयाँ ३० पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ८४ रुपैयाँ १७ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय ११ रुपैयाँ ८३ पैसा रहेको छ। विश्वभर कोरोना भाइरसको संक्रमण बढीरहेका बेला अमेरिकी डलरसहित विभिन्न देशको मुद्राको भाउ बढेको हो ।

यस्तो छ सबै देशको विनिमयदर तालिका:

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us