काठमाण्डु , १३ फागुन – साताको सुरु देखि नै नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचकमा आएको उछालले साताको तेश्रो दिन मंगलवार पनि उछाल नै ल्याएको छ ।
आज नेप्से कारोवारसंगै परिसूचकमा पनि उत्साहजनक वृद्धि भएको छ । साताको तेश्रो दिन आज नेप्से पसिूचक र कारोबार रकममा उछाल आएपछि ४३ दशमलव ०२ अंकले बढेर १ हजार ५ सय ४५ दशमलव १९ विन्दुमा पुगेको छ । कारोबार रकम भने २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ रुपियाँको भएको छ ।