काठमाण्डु , १३ फागुन – नेपाली बजारमा लगातार बढेको सुनको भाउ आज भने तोलामा तिन सयले घटेको छ ।
हिजो तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज घटेर प्रतीतोला ८० हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, चाँदी भने हिजोकै भाउ ९सय २५ रुपैंयामा किनबेच भइरहेको महासंघले बताएको छ ।
हिजो सोमबार नेपाली इतिहासमै सुनको भाउले रेकर्ड तोडेको थियो ।