एजेन्सी–भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंलाबाट बाहिरिएका छन । काँधमा आएको चोटको कारण उनी न्युजिल्याण्ड भ्रमणमा सहभागी भएका छैन्न ।
अष्ट्रेलिया विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसिय खेलको क्रममा धवन चोटग्रस्त बनेपछि मैदानबाट बाहिरिएका थिए । भारतीय क्रिकेट टोली सोमबार अकल्याण्डको लागि प्रस्थान गरेको छ । शिखर धवन भने उक्त टोलीमा सहभागी भएनन् ।
भारतीय बोर्डले उनको स्थानमा आउने अर्को खेलाडीको चयन समेत गरिसकेको छैन् ।
जनवरी २४ देखि भारतले न्युजिल्याण्ड विरुद्धको पाँच टी ट्वान्टीको श्रृखंलाको पहिलो म्याच खेल्नेछ ।
शिखर धवन खेल्न नसक्ने अवस्था आए सञ्जु सैम्सन, पृथ्वी शाह र मयन्क अग्रवालमध्ये कुनै एक ब्याट्सम्यानले न्युजिल्याण्ड विरुद्ध अवसर पाउनेछन् ।